एमाले ब्युँताउने कुरा सुनियो त्यो सम्भव छैन्ः माधव नेपाल

काठमाडौँ, नेकपाका नेता माधवकुमार नेपालले विघटन भइसकेको नेकपा एमले ब्युताउने खेल भइरहेको भए पनि त्यो सम्भव नभएको जनाएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समुहको केन्द्रिय समितिको वैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।पार्टी एकतासँगै एमाले विघटित भइसकेकाले अब त्यो व्युँतिन नसक्ने उनले बताए ।

साथै उनले नेकपाको बहुमत सदस्यहरुको वैठक आफुहरुले आयोजना गरेकोले वालुवाटारमा भएको भेला गुट भेला भएको बताएका छन् ।वालुवाटारको भेला वैधानिक नभएको उनको भनाई छ ।