काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रकासित मिति : २०७७ पुस ७, मंगलवार १४:४४
प्रकासित समय : १४:४४
काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । मंगलबार दिउँसो २ बजेबाट पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध रणनीतिक योजना तय गर्ने स्रोतले जनाएको छ ।
सोमबार साँझ सानेपामा बसेको सर्वदलीय बैठकले पनि ओलीका कदमविरुद्ध आआफ्नो केन्द्रीय समिति बैठकबाट पार्टीगत दृष्टिकोण बनाउने निर्णय गरेका थिए । बैठकमा कांग्रेसलगायत नेकपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए ।