ओली समूहको बैठक सुरु
प्रकासित मिति : २०७७ पुस ७, मंगलवार ११:१९
प्रकासित समय : ११:१९
काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक भर्खरै सुरु भएको हो ।
बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि आन्तरिक कारणले डेढ घण्टा ढिला गरी बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले जनाएका छन् । उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी रहेको छ ।
ओलीले बोलाएको बैठकमा ओली समूहका सहित पूर्व माओवादी निकट टोपबहादुर रायमाझी सहितका केही नेतापनि सहभागी रहेको एक स्रोतले बताएको छ ।