नेपालमा थप ७४२ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस ६, सोमबार १६:३२
प्रकासित समय : १६:३२
काठमाडौँ, नेपालमा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।पछिल्लो २४ घण्टामा १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४४ हजार ७४३ संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ ।