ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक
प्रकासित मिति : २०७७ पुस ६, सोमबार १६:१५
प्रकासित समय : १६:१५
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक बोलाएको स्रोतले जनाएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले भने स्थायी कमिटी बैठकबाट भोलि दिउँसो १ बजेका लागि बबरमहलमा बैठक बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीका दुवै पक्षले आ–आफ्नो पक्षको भेला शुरु गरेका छन् ।
ओलीले भने आज बिहानै बालुवाटारमा आफू पक्षका नेताहरूको भेला गरेका थिए भने प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरस्थित संसद भवन बसिरहेको छ ।