प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट
प्रकासित मिति : २०७७ पुस ६, सोमबार १३:५३
प्रकासित समय : १३:५३
काठमाडौँ, प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता भएका छन्।आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।
यस्तै, राष्ट्रपति भण्डारीले वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणासमेत गरेकी थिइन् । त्यसपछि उक्त निर्णयविरुद्ध कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।स्रोतका अनुसार सर्वोच्चमा आइतबार ३ वटा रिट र सोमबार दिउँसोसम्म थप पाँच वटा रिट आइपुगेको छ ।
सबै रिट दर्ताको प्रकृयामा रहेको र अध्ययन गरेर निर्णय हुने बताइएको छ ।आइतबार नै आइपु्गेका अधिवक्ता लोकेन्द्र वली, पदम खत्रीलगायतको रिट दर्ता प्रकृयामा छन् ।