ओलीलाई साथ दिए हामी बादललाई साथ दिन सक्दैनौँः बादल निकट नेता
काठमाडौं, गृहमन्त्री रामबहादुर थापा (बादल) प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि उनी निकट नेताहरुले असन्तुष्टि ब्यक्त गरेका छन्। आइतबार संसद विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेका ओलीको पक्षमा थापा उभिएका छन् ।
पूर्वमाओवादीबाट मन्त्री बनेका बादलसहित उद्योगमन्त्री बनेका लेखराज भट्ट पनि ओली पक्षमा छन्। संसद विघटन भएपछि ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।सोमबार बिहान पुल्चोकस्थित मन्त्री क्वार्टरमा भएको छलफलमा प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि (कू) गरेकाले अहिलेको अवस्थामा साथ दिन नसकिने बादलनिकट नेताहरुले उनलाई भनेका छन् ।
बैठकमा पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य, अमृता थापा, महेश्वर दाहाल, लेखनाथ न्यौपाने, रामदीप आचार्य लगायत २० जनाभन्दा बढी नेता सहभागी भएका थिए । उनीहरुले ओलीको कदम अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै उनलाई साथ नदिन आग्रह गरेका थिए। ओलीको प्रतिगामी कदममा साथ दिन सकिँदैन ।
यो प्रतिगामी कदम हो । संवैधानिक कू पनि हो । संविधानको धारा ७६ (७) अनुसार संसद् विघटन गर्न सकिँदैन । सहभागि एक नेताले भने । ओलीलाई सो कदममा साथ दिएको खण्डमा आफुहरुले साथ दिने स्पष्ट पारे । ओलीको कदम गतल छ, साक्षी नबसौँ, ती नेताले भने ओलीको पक्षमा उभिने हो भने हामी तपाई (बादल)लाई साथ दिन सक्दैनौँ ।