प्रतिनिधिसभा पुनर्स्थापनाको लागि नेकपाका ८७ जना सांसद सर्वोच्च जाने
प्रकासित मिति : २०७७ पुस ६, सोमबार १३:२२
प्रकासित समय : १३:२२
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ जना सांसदहरु सर्वोच्च अदालत जाने तयारी गरेका छन्।
सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च गएर रिट दायर गर्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन् ।
आइतबार प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।