आलीद्धारा प्रचण्डलाई उपाध्यक्षको संज्ञा
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको उपाध्यक्ष सरहको व्यक्ति भएको जनाएका छन्।संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको चर्को आलोचना गर्दै यस्तो बताएका हुन् ।
उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष भनेको हुँ ओलीको भनाई उदृत गर्दै एक नेताले भने, अहिले अध्यक्ष ९मलाई० कारबाही गर्ने १’ बैठकमा ओलीले प्रचण्डले आफुलाई कुनै कारबाही गर्न नसक्ने बताएका छन् ।बैठक र भेलाले मविरूद्ध कुनै कारबाही गर्न सक्दैनन् ।
ओलीले भने उपाध्यक्षले गरेको बैठकले कारबाही गर्ने कुनै आधार छैन।आइतबार ओली र उनी पक्षीय सदस्यको उपस्थितिबिना बसेको नेकपा सचिवालय बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो। बैठकमा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने आजको भेलामा बताएका छन्।