टिकटक बनाउँदा पुलबाट खसेर एक युवकको मृत्यु
प्रकासित मिति : २०७७ पुस ६, सोमबार ११:२१
प्रकासित समय : ११:२१
काठमाडौं, टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ। दाङ तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बिहान बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।
शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए।साथीहरूसँग गाडी लिएर उनी पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए।
लामो समय झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरमा खसेका थिए।पुलबाट खरेर गम्भीर घाइते थापालाई उनकै साथीहरूले उद्धार गरे अस्पताल लगेका थिए ।