मन्त्रीको लोभ देखाएर प्रचण्ड नजिकका नेता खोज्दै ओली
काठमाण्डौ, नेकपा भित्रको विवादका कारण संसद विघटन गरेर चुनावको मिति घोषणा गरिएपछि प्रधानमन्त्री केपी ओली निकट प्रभावशाली नेताहरु प्रचण्ड र माधव नेपाल पक्षलाई आफूतिर आकर्षित गर्ने प्रयासमा लागेको छ । त्यही क्रममा विगतमा प्रचण्डलाई जर्वजस्तरुपमा साथ दिंदै आएका गृहमन्त्री रामवहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट आफू पक्षमा लागेपछि उत्साहित भएका ओलीले प्रचण्ड पक्षका केही सांसदहरुलाई आफ्नो पक्षमा तान्न सकिने निष्कर्षदेखि हिजैदेखि प्रयास शुरु गरिसकेको बताइएको छ ।
प्रचण्ड पक्षका नेताहरु अस्थिर रहेकोले अलिकति लोभ देखाएर तान्न सकिने तर माधव नेपाल पक्षका नेताहरु भने कुनै पनि हालतमा आफ्नो पक्षमा तान्न नसकिने निष्कर्षमा ओली पक्ष पुगेको छ । ‘माधव नेपाल पक्ष पार्टीको विवादको मामलामा निकै एक छ । उनीहरु एक्ले कुनै निर्णय गर्दैनन्, सामुहिक रुपमा निर्णय गर्ने र त्यसलाई लजसरी पनि लागू गरेर छोड्ने गरिरहेका छन् । हिजो एमालेकालदेखि नै उनीहरु एक छन् । सानोतिनो लोभमा फस्ने गरेको देखिदैन । तर, प्रचण्ड पक्षका नेताहरुको भने कसैको पनि भर छैन ।
उनीहरु मध्ये धेरै जसोले कुनै पनि बेला गुट बदल्न सक्छन् । उनीहरु प्रायःजसो आफ्नो स्वार्थलाई हेरेर अगाडि बढ्छन् ओली पक्षका एक नेताले जनतापाटीसंग भने । उनका अनुसार चुनावमा खर्चको पनि आवश्यकता पर्ने भएकोले मन्त्री हुनेहरुलाई स्वभाविकरुपमा निकै सहज हुन्छ । त्यहीकारण प्रचण्ड पक्षका कतिपय नेताहरु मन्त्री पाए ओली पक्षलाई साथ दिने मनस्थितिमा छन् ।
केही दिनअघिसम्म प्रचण्डको निकै नजिक रहेका पूर्व कृषि मन्त्री हरिबोल गजुरेल, प्रभु शाहलगायतका नेताहरु अहिले ओली पक्षका नेताहरुसंग नियमित सम्पर्कमा रहेको बताइएको छ । त्यस्तै प्रचण्ड पक्षकै टोप वहादुर रायमाझी र मणि थापा पनि मन्त्री बन्ने शर्तमा ओलीतिर लागिसकेका छन् ।
प्रचण्डका आफ्ना खास मान्छे भन्ने कोही छैन । धेरै मान्छे हामीतिर लागिसकेका छन् भने बांकी केही माधव नेपाल पक्षलाई साथ दिइरहेका छन् । भोली माधव र प्रचण्डको विचमा खटपट हुंदा प्रचण्डको साथमा वुहारी विना मगर र मातृका यादववाहेक अरु कोही बांकी नरहने अवस्था छ । प्रचण्ड पक्षका केही नेताहरु एकदुई दिनमै आफ्नो पक्षमा लाग्ने दावि गर्दै ती नेताले भने ।