ओलिको कदमप्रति विप्लवको विज्ञप्ति : ओलीले संसद विघटन गरेर फाँसिवादको सहारा लिए
काठमाडौं, प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसिवादको सहारा लिएको बताएका छन्।आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने भन्दै उनले फाँसीवादको सहारा लिँदै संसद विघटन गरेको दाबी गर्दै यसले वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवस्यकतालाई निर्विकल्प रुपमा पुष्टि गरेको वताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि उनको सरकार असफल भएको बताएका छन् । उनले ओलीले संसद विघटन गरेको विषयमा टिप्पणी गर्दै अहिलेको असफलता र संकट आउनु अनिवार्य भएको र हाल आएर त्यसको नतिजा देखिएको बताएका छन् ।
‘आज केपी ओलीले कथित लोकतन्त्रको उच्च संस्था भनिने संसदलाई बलात् भंग गरे । नेपाली जनताको अग्रगामी एवम् रुपान्तरणकारी चाहना र ललाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु अनिवार्य थियो’, विप्लवले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ओलीले शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न नसकेपछि आफ्नो संकट टार्न संसद भंग गरेको पनि विप्लवले आरोप लगाएका छन् ।
‘नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप पर्ने केपी ओलीले यो कदम चालेका छन्।’
साथै विप्लवले लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न तयार रहेको प्रस्ताव समेत गरेका छन्।
विप्लव नेतृत्वको नेकपालाई ओली सरकारले नै करिव २ बर्ष कहिले देखी राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो । हाल उक्त पार्टीका हजारौंको संख्यामा नेता तथा कार्यकर्ता जेल तथा हिरासतमा छन् ।
यस्तो छ विज्ञप्ति