पत्रकार विद्यार्थी संगठन बाँकेको संयोजकमा शाही

नेपालगन्ज, पत्रकार विद्यार्थी संगठन, नेपाल बाँकेको संयोजकमा किशोर बहादुर शाहीलाई चयन गरिएको छ ।आईतबार बाँकेको कोहलपुरमा सम्पन्न भेला आयोजक समितिको वैठकवाट संयोजकमा किशोर बहादुर शाहीलाई चयन गरेको हो । उक्त भेलाले शाहीको संयोजकत्वमा ९ सदस्य जिल्ला भेला आयोजक समिती गठन गरिएको बताइएको छ ।

उक्त वैठकमा प्रमुख अथितिको रुपमा उपस्थित पत्रकार विद्यार्थी संगठन, नेपालका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले नेपालको पत्रकारितामा क्षेत्रमा यो अभियानबाट नयाँ बहसको थालनि भएको वताए ।

साथै उनले नेपालमा पत्रकारकारिता क्षेत्रमा बढदो बिकृतीको पर्दाफास गर्दै राष्ट्रिय अखण्डता र स्वाधीनता माथी प्रहार गर्ने खालका गतिविधिलाई खबरदारी गर्नु हाम्रो दायित्व भएको भन्दै खोज पत्रकारिता निस्पंक्ष र निस्वार्थ हुनु वर्तमान समयको आवस्यकता भएको पनि वताएक छन ।

उक्त कार्यक्रममा बोल्दै पत्रकार विद्यार्थी संगठन बाकेका संयोजक किशोर बहादुर शाहीले पत्रकारिता क्षेत्रमा प्रवेश गरेर समाजको लागि केही योगदान गर्न चाहाने प्रगतिशील विद्यार्थीहरुलाई संगठित गर्दै पत्रकारिताबाट समाज भित्र रहेका विकृतिहरुको भण्डाफोर गरिने बताए ।

त्यसैगरी संगठन माघ १२,१३,१४ गतेका दिन ३ दिने अधारभुत पत्रकारिता तालिमको आयोजना गर्ने जनाएको छ ।