प्रधानमन्त्री ओली विरुद्ध नेपालगन्जमा प्रदर्शन
प्रकासित मिति : २०७७ पुस ५, आईतवार १७:५३
प्रकासित समय : १७:५३
नेपालगन्ज, बाँकेको नेपालगन्जमा प्रधानमन्त्री केपी शर्मा ओलि विरुद्ध प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलिको सिफारिसमा रास्ट्रपतिले संसद विघटन गरेपछी बिरोध प्रदर्शन भएको हो ।
प्रधानमन्त्री ओलिको अबैधानिक ,अलोकतान्त्रिक निरंकुश कदमले देश संकटमा परेको भन्दै नारावाजी गरिएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीद्भारा संसद विघटन भएको हो ।
नालायक केपि ओलि मुर्दाबाद ! गणतन्त्र बिरोधी हर्कतको प्रतिबाद गरौ ! तानासाही केपि ओलि मुर्दाबाद ! केपि ओलि देश छोड इत्यादी नाराबाजि गर्दै नेपालनजको बिपीचोकबाट सुरु भयर पुष्पलाल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई युवासंघ केन्द्रिय सदस्य रतन शाही लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।