नेपालमा थप ५ सय ८८ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस ५, आईतवार १७:३२
प्रकासित समय : १७:३२
काठमाडौँ, नेपालमा थप ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५ सय ८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४३ हजार ६६४ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७८८ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ८ हजार ३२० रहेको छ ।