प्रचण्ड माधव पक्षका मन्त्रीहरूले दिए सामुहिक राजिनामा

काठमाडौं, प्रचण्ड माधव पक्षका मन्त्रीहरूले दिए सामुहिक राजिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका प्रचण्ड माधव नेपाल पक्षमा मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनिहरूले सामुहिक राजिनामा दिएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।