ओली-प्रचण्ड पुनः छलफलमा
काठमाडौं, मन्त्रिपरिषद्बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन्। स्थायी समिति बैठकअघि दुई अध्यक्ष बालुवाटारमा छलफलमा जुटेको स्रोतले बताएको छ ।
सरकारले संसद विघटनको सिफारिस गर्ने सूचनापछि दाहाल बिहान पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । केही बेर छलफल गरेपछि दाहालतिर लागे भने प्रधानमन्त्रीले संसद विघटनको सिफारिसको निर्णय लिएर राष्ट्रपति कार्यालय हिँडे ।
त्यसपछि दाहालले आफ्नो निवास खुमलटारमा सचिवालयका नेताहरुसँग आगामी कदमबारे छलफल गरेका थिए । सोही छलफलपछि दाहाल प्रधानमन्त्रीलाई भेट्न र स्थायी कमिटी बैठक संचालनका लागि बालुवाटार पुगेका हुन् । स्थायी कमिटी बैठकका लागि अन्य नेताहरु पनि बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको कदमपछि प्रधानमन्त्री कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ।