ओली बिरुद्ध पोखरामा नाराबाजी

काठमाडौँ, संसद् विघटनको प्रस्तावको विरोध गर्दौ पोखरामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालनिकट विद्यार्थी संगठनले टायर बालेर विरोध जनाएका हुन् । उनीहरुले प्रधानमन्‍त्री ओलीको कदमविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कू’ गरेको भन्दै उनीहरुले चरणवद्ध आन्दोलन सुरु भएको पनि बताएका छन् । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा पनि गरेका छन् ।