संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिनेः खुमलटार बैठक

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरुले संसद् विघटनको सिफारिस फिर्ता लिन दबाब दिने निर्णय गरेका छन् ।

आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले हालै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न गरेको सिफारिस फिर्ता लिन दबाब दिने निर्णय गरेको हो ।

बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो।