प्रधानमन्त्रीले संविधानको अपहरण गरेः जनार्दन शर्मा
प्रकासित मिति : २०७७ पुस ५, आईतवार १३:२७
प्रकासित समय : १३:२७
काठमाडौँ, सत्तारुढ दल नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा पोख्दै शर्माले संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।
उनले ट्वीटरमा लेखेका छन् केपी ओलीले फेरि हाम्रो एक मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन् । यसको रक्षाका लागि सबै तयार होऔ ।