प्रधानमन्त्री शीतल निवासबाट बालुवाटार फर्किए
प्रकासित मिति : २०७७ पुस ५, आईतवार १३:१९
प्रकासित समय : १३:१९
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बालुवाटार फर्किसकेका छन्।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गरेर शीतल निवास पुगेका ओली राष्ट्रपतिसँग छलफलपछि फर्किएका हुन्।
राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा ओलीले वैशाख १५,२३ र २९ गतेसम्ममा मध्यावधि निर्वाचन गर्न सकिने प्रस्ताव गरेको स्रोतले बताएको छ।
ओलीको संसद विघटनको निर्णयलाई लिएर विभिन्न संवैधानिक र कानुनी प्रश्न उठिरहेका ओलीले नयाँ जनादेशमा जाने गरी कदम चालेका हुन्।