कांग्रेसले बोलायो आकस्मिक बैठक
प्रकासित मिति : २०७७ पुस ५, आईतवार १३:०४
प्रकासित समय : १३:०४
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको एक नेताले बताएका छन् ।
आजको बैठकमा राष्ट्रपतिलाई सरकारको निर्णय पुनर्विचारका लागि फिर्ता पठाउन आह्वान गर्ने र त्यसअघि नै राष्ट्रपतिले सरकारको प्रस्ताव स्वीकृत गरे पार्टीको अधिकारिक धारणा बनाएर जाने छौं ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । अहिले प्रधानमन्त्री ओली सो प्रस्ताव बोकेर शितलनिवास पुगेका छन् ।