देशभर सुरक्षा निकायहरू हाई अलर्ट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सबै सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा तैनाथ भएका छन्।

सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाइएको एक उच्च सुरक्षा अधिकृतले जानकारी दिएका छन् ।

निकायलाई सतर्क रहन निर्देशन दिइएको छ । ती अधिकृतले भने ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका थिए । ओली संसद् विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास पुगेका छन् ।