नेकपालाई सरकार चलाउन जनताले दिएको म्याण्डेड सकियोः गगन थापा
काठमाडौँ, कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिससँगै जनताले नेकपालाई सरकार चलाउन दिएको म्याण्डेडको वैधता सकिएको जनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली अयोग्यता र अहंकारको योगफल भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओली अहंकार र अयोग्यताको योगफल हो, उहाँको आफ्नो अयोग्यता स्वीकार नगर्ने अहंकारले यो अवस्था पाएको हो, तर यो सिफारिसले प्रधानमन्त्रीमात्रै हैन कि उहाँ अध्यक्ष रहेको नेकपाले तीन वर्ष अघि सरकार चलाउन पाएको म्याण्डेडको वैधता पनि सकिएको छ ।
नेता थापाले संसद विघटन गर्ने निर्णय सरकारको नभई प्रधानमन्त्री ओलीको व्यक्तिगत हठ भएको बताए । मेरो पार्टीले औपचारिक निर्णय गर्ला मैले पर्खिनुपर्छ। तर म हिजो संविधानसभाको सदस्य पनि हुँ, र म संविधान बनाएर आएको अहिलेको प्रतिनिधि सभाको सदस्य पनि हुँ मैले देख्दा यो असंवैधानिक कदम हो । नेता थापाले भने एउटा व्यक्तिको हठमा संसद विघटन सम्भावना छैन संविधानले यस्तो अनुमति दिएको छैन ।