विघटनको सिफारिश लगतै प्रधानमन्त्री शितलनिवासमा
प्रकासित मिति : २०७७ पुस ५, आईतवार ११:४२
प्रकासित समय : ११:४२
काठमाडौँ, मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिश गर्ने निर्णयपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास गएका छन् ।
मन्त्रिपरिषद्ले गरेको विघटनको सिफारिशसहित प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । शनिवार साँझ पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटर्वार्ता गरेका थिए ।