ओलीले संविधानको धज्जी उडाएः बाबुराम भट्टराई

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेर संविधानको धज्जी उडाएको भन्दै जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् ।

आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयपछि लगत्तै भट्टराई यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको विपरित संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको खबर जुन प्राप्त भएको छ, यो अत्यन्त दुःखद् खबर हो ।

भट्टराईले ट्विटरमा एक भिडियो पोस्ट गर्दै भनेका छन्, यसले हिजो कै संसदीय व्यवस्थाको अस्थिरता निम्तायो र यसले संविधानसभाबाट हामीले सुधारिएको प्रणाली ल्याएको धज्जी उडाएको छ, यो लोकतन्त्रको मर्म विपरित छ ।संविधानको प्रावधान विपरित रहेको छ ।