संसद विघटनको सिफारिस गैर जिम्मेवारीपूर्णः नेता कोइराला

काठमाडौं, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद विघटनको सिफारिस गैर जिम्मेवारीपूर्ण भएको बताएका छन्।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेलगत्तै कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन्।

‘संसद विघटनको सिफारिस असंबैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपुर्ण छ। राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा स्विकृत गर्नुहुन्न’, कोइरालाले ट्विट गरेका छन् ।