ओलीले संसद विघटनको सिफारिस गरेलगतै प्रचण्ड पुगे बालुवाटार
प्रकासित मिति : २०७७ पुस ५, आईतवार ११:२०
प्रकासित समय : ११:२०
काठमाडौं, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
प्रचण्ड ओलीसँग प्रतिनिधिसभा विघटन गर्ने सिफारिश, स्थायी कमिटी बैठक लगायतका विषयमा छलफल गर्न बालुवाटार पुगेको खुमलटार स्रोतले जनाएको छ ।

