प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने स्थायी कमिटीको निर्णय

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको   प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । । बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरू अनुपस्थित थिए।

उनलाई अनुशासनको कारबाही गर्नेबारे छलफल गर्न पुस ७ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको छ । त्यस्तै पूर्वसभामुख कृष्ण बहादुर महरालाई स्थायी समितिमा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।