कर्णाली सरकार अर्गानिक कर्णाली निर्माणको अभियानमा छ : मन्त्री केसी

सुर्खेत, बिरेन्द्रनगर कर्णाली प्रदेशकी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के सीले कर्णाली सरकार अर्गानिक कर्णाली निर्माणको अभियानमा रहेको बताएकी छन । मन्त्री केसीले कृषि क्षेत्रमा सरकारले क्रान्ति गरेको दाबी गर्दै कणाली सरकार  अर्गानिक कर्णाली निर्माणको अभियानमा रहेकेा दाबी गरेकी हुन ।

शनिबार कुसे संबादको बिशेष कुुराकानीमा मन्त्री केसीले कर्णाली सरकार कृषिमा आधुनिकिकरण तथा अर्गानिक खाद्यन्न उत्पादनमा प्रतिबद्भ रहेकाे बताइन्। संघिय सरकारको लक्ष्य पनि कर्णालीलाई अर्गानिक हव बनाउने रहेको छ हामी पनि त्यहि कार्यमा निरन्तर लागि परेका छाैँ उनले भनिन् । 

कुराकानिमा मन्त्री केसीले करौंडौका कार्यक्रमहरु गरिबका घर घरमा पुर्याएको समेत बताइन् । उक्त कुराकानिका क्रममा मन्त्री केसीले भनिन् “कर्णालीमा हामीले केहि समय अगाडि अन्तराष्ट्रिय कृषि सम्मेलन सम्पन गर्यौ याे देशकै नमुनाकाे रूपमा रहयाे । अर्गानिक कृषि कानुन बनाएर अगाडि बढ्ने याेजनामा छौँ । साथै  कृृषी ऐन बनाएर कार्यन्वयन गर्ने तरखरमा छौ । उनले सरकारको खाद्यन्नमा कर्णालीलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको जिकिर गरिन। उक्त विषयमा कर्णाली वासीसँग निरन्तर अर्न्तक्रिया गरिरहेको समेत बताइन् ।

मन्त्री केसीले अनुदानको मोडालिटीमा परिवर्तन ल्याएको जानकारी दिइन । प्रदेश सरकार गरिबका साथमा भन्ने कार्यक्रम ८० ओटा गाँउमा लागु भएको दाबी गरिन । अझै बढाउने लक्ष्य राखेका छौ उनले भनिन् । गत वर्ष मात्रै कृषिमा ५० ओटा कार्यक्रम थपिएका छन् ।”

कर्णाली प्रदेशमा विकासको लहर छाएको भन्दै मन्त्री केसीले अबको बाटो सुशासनको भएको बताइन । मन्त्री केसीले विचौलियाको हालिमुहाली रहेका कारण वास्तविक किसान मारमा परेको भन्दै अब त्यस्तो हुन नदिने बताइन् ।