हतारमा ओली बादललाई भेट्न पुल्चोक
प्रकासित मिति : २०७७ पुस ४, शनिबार १३:०८
प्रकासित समय : १३:०८
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गएका छन् ।
सचिवालय सदस्यसमेत रहेका बादललाई भेट्न शनिबार दिउँसो प्रधानमन्त्री ओली पुल्चोक पुगेका हुन् । आजै बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगेका थिए ।
ओली फर्किएपछि प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम बीच केहीबेर कुराकानी भएको छ ।