ओलीपछि गौतम पनि खुमलटार प्रबेश
प्रकासित मिति : २०७७ पुस ४, शनिबार १२:३४
प्रकासित समय : १२:३४
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार प्रबेश गरेका छन् ।
ओली खुमलटार पुगेको केही समयपछि गौतम त्यहाँ आइपुगेका हुन् । ओली बिहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।
पछिल्लो समय संवैधानिक परिषद् सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा झनै विवाद उत्कर्षमा पुगेको बेलामा ओली प्रचण्ड निवास जान लाग्नुलाई अर्थपूर्ण ठानिएको छ। अहिले तीनै नेताबीच खुमलटारमा भेटवार्ता भइरहेको छ ।