काठमाडौंमा पुलको बार भाँचेर खस्यो सुमो

काठमाडौं, काठमाडौंको नारायणटारमा पक्की पुलबाट टाटा सुमो खसेको छ ।

महानगरीय प्रहरि बृत्त बौद्धका अनुसार ना १ ज ५३६३ नम्बरको सुमो आज बिहान पुलको बार भाचिएर करिब २० फिट तल खसेको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । गाडीको बम्पर र अगाडिको सिसा फुटेको छ ।

गाडि तीव्र गतीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । अहिले सुमोलाई क्रेनको सहायताले निकालिएको छ ।