समलिङ्गी विवाहलाई स्विजरल्याण्डमा मान्यता
एजेन्सी, स्विजरल्याण्ड सरकारले पनि समलिङ्गी विवाहलाई मान्यता दिनेगरी कानुन निर्माण गरेको छ । स्विजरल्याण्डको संसदले शुक्रबार समलिङ्गीहरूका बीचमा विवाह गर्न पाउने व्यवस्थासहितको नयाँ कानुन पारित गरेको हो ।
यो कानुन पारित भएसँगै यूरोपका धेरै देशहरू जस्तै सानो उच्च पर्वतीय देश स्विट्जरल्याण्ड पनि अब समलिङ्गी अधिकारसहितको देश बनेको छ । तर क्रिश्चियन, कट्टरपन्थी पार्टी फेडेरल डेमोक्रेटिक युनियन पार्टीले भने यसमा असहमति जनाउँदै सो कानुनमा पुनर्विचार गर्न तथा संशोधन गर्न माग राखेको छ । यसअघि सम्म युरोपका थोरै देशहरू मध्ये स्विजरल्याण्डमा पनि समलिङ्गी विवाह अबैध रहेको थियो ।
यो कानुन सन् २०१३ देखि विभिन्न चरणमा छलफल र विवाद हुदै आएर अहिले पारित भएको हो । समलिङ्गी विवाहसम्वन्धी कानुन पारित भएकोमा समलिङ्गीहरूले खुशी व्यक्त गरेका छन् । उनीहरूले यसलाई समलिङ्गी अधिकारको क्षेत्रमा ऐतिहासिक सफलताको संज्ञा पनि दिएका छन् ।