नेपालगंन्ज कारागारबाट एक कैदी फरार

नेपालगन्ज, बाँकेको नेपालगन्ज कारागारबाट एकजना कैदी भागेका छन् ।भाग्नेमा कारागारमा कैद भुक्तान गरिरहेका सुर्खेत छिन्चुका ३६ बर्षिय पवन पुन रहेको प्रहरीले जनाएको छ ।

उनी कारागारको चौकिदार रहेको बुझिएको छ । प्रायजसो कारागारका चौकिदारहरु भिभिन्न कामको लागि बाहिर निस्किने गर्दछन् । काम विशेष भन्दै बाहिर निस्किएका चौकीदार पुन तै मौका छोपेर फरार भएका हुन ।

उनको खोजिको लागि सवै तिर प्रहरी परिचालन गरिएको बताइएको छ । उनि २०७७ साल देखि मानव बेचबिखन तथा अोसारपसार मुद्धामा कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

नेपालगन्ज कारागारको फितलो शुरक्षा व्यवस्थाको कारण पटक-पटक यस्ता घटना दोहोरीने गरेका छन । यसअघी पनि नेपालगन्ज कारागारबाट केही वर्षअघि पनि एकजना चौकीदार फरार भएका थिए । उनलाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको थियो ।