अध्यक्ष सेजुवालको पहलमा पलाता गाउँपालिकामा लगाइएको ताला खुल्यो

कालिकोट, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालको पहलमा पलाता गाउँपालिकामा लगाईएको ताला खुलेको छ ।

एकसाता अघि पलाता गाउँपालिका कार्यालयमा स्थानीयले ताला लगाएका थिए । पचालझरना अध्यक्ष सेजुवाल , स्थानीय तथा पलाता संघर्ष समिति बिच भएको सहमतिमा ताला खुलेको हो ।

अध्यक्ष सेजुवालले कोल्थे सिचाइ आयोजनाका बारेमा तत्काल छलफल गरि निकास निकाल्ने सहमतिका साथ पलाताबासी संघर्ष समिति , पचालझरना ५ बाजकोट बासि र इलाका प्रहरीको रोबहरमा कार्यालयको ताला खुलेको बताएका छन ।

दुई बर्ष पहिले पलाता गाउपालिका अध्यक्ष लक्ष्मण बमले पलाता गाउँपालिकालाई पचालझरना गाउपालिकामा बेचेको आरोप स्थानियले लगाउदै आएका थिए । पचालझरना बासिको सिचाइ गर्ने चाहानालाई मध्यनजर गर्दै पलाता पुगेर समस्याको समाधान गरेका अध्यक्ष सेजुवालले उक्त सिचाई आयोजना बाट कसैलाई असर नपर्ने गरि निकास निकाल्ने बताएका छन् । पलाता गाउपालिकालाई असर नपरोस् भनेर आफु पलाता पुगेको पनि बताएका छन् ।