ओलीका जस्तै गरेको भए पार्टी विभाजन उहिल्यै भइसक्थ्योः प्रचण्ड
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन गर्न अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक प्रयास गरेको आरोप लगाएका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश १ का वरिष्ठ नेता माधवकुमार नेपाल र आफू निकट पक्षका जिल्ला अध्यक्ष, सचिव र प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो कुरा बताएका हुन् ।
‘प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न विभिन्न क्रियाकलापहरु गर्दै आएका छन् प्रचण्डको भनाई उद्यृत गर्दै भेलामा सहभागी एक नेताले भने, प्रधानमन्त्री ओलीका अनुसार गरेको भए पार्टी उहिल्यै विभाजन भइसकेको हुन्थ्यो । तर हामीले पार्टी विभाजन हुन दिएका छैनौँ।
यस्तै, भेलामा नेता नेपालले पनि पार्टी एकताका सैद्धान्तिक पक्ष र अबको बाटोलगायतका विषयमा विभिन्न टिप्पणी गरेका थिए ।आजको भेलाले सरकारले हालै जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्री ओलीले फिर्ता नलिए पार्टीले कडा कदम चालिने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । यस्तै, पार्टीलाई विभाजित हुन नदिने र गलत प्रवृत्तिका विरुद्ध एकजुट भएर लड्ने पनि भेलाको निष्कर्ष छ ।