नेपालमा थप ७ सय ८२ जनामा कोरोना पुष्टि

कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४

काठमाडौँ, नेपालमा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ८२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४१ हजार ३९२ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ