सापकोटा विरुद्धको मुद्धामा शुक्रबार सुनुवाई नहुने
प्रकासित मिति : २०७७ पुस ३, शुक्रबार १३:४५
प्रकासित समय : १३:४५
काठमाडौं, सभामुख अग्नि सापकोटाविरुद्धको मुद्धामा शुक्रबार सुनुवाई नहुने जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा पेसी तोकिएको थियो ।
तर, शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्च स्रोतले बताएको छ । काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पति हत्याको अभियोगमा जोडिएका सापकोटाको पक्षमा निर्णय गरेको भन्दै उनले ०६९ मंसिर ७ गते सर्वोच्च अदालत आएकी थिइन् ।
लामाले दायर गरेको मुद्दा पेसी चढेको यो ४२औं पटक हो । ०६२ वैशाखमा काभ्रेका अर्जुन लामाको माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेका थिए ।