प्रचण्ड नेपाल समूहको प्रदेशस्तरीय भेला

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेशस्तरीय भेला बोलाएका छन् ।

पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा १२ बजे बोलाइएको भेलामा उनीहरूनिकट प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरू सहभागी हुनेछन् ।भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले आफूनिकट कार्यकर्तासँग भेटघाट र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कार्यक्रम छ ।

यसअघि प्रचण्ड र नेपाल समूहले बागमती प्रदेश र विद्यार्थीहरूको भेला गरेका थिए । यी समूहले स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको पनि विभिन्न स्थानमा भेला गर्दै आएका छन् ।