तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
प्रकासित मिति : २०७७ पुस ३, शुक्रबार १३:१६
प्रकासित समय : १३:१६
काठमाडौं, काठमाडौं महानगरपालिका १ दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिका ७ बस्ने २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरे उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५ लाख १८ हजार रुपैयाँ र २७ थान तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।