भट्टराईले भने- झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन, थारूविद्रोह चाहिँ अपराधीकरण ?
प्रकासित मिति : २०७७ पुस ३, शुक्रबार १३:११
प्रकासित समय : १३:११
काठमाडौं, पुर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायत नेपालको सम्भवतस् सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुन: दोषी ठहर गर्नु अत्यन्त दु:खद भएको टिप्पणी गरेका छन् ।
झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन भएको वेला थारूविद्रोहको चाहिँ अपराधीकरण हुनु विडम्बनापूर्ण र खेदजनक भएको उनले मध्यरातमा सामाजिक संजालमार्फत प्रतिक्रिया दिएका छन् ।
उत्पीडित थारू जातिको पहिचान र अधिकारको लडाइॅ एकदिन अवश्य विजयी हुने उनको भनाइ छ ।

