सभामुख विरुद्धको मुद्दा संवैधानिक इजलासमा
प्रकासित मिति : २०७७ पुस ३, शुक्रबार १३:०६
प्रकासित समय : १३:०६
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा संवैधानिक इजलासमा पेसी चढेको छ ।
काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पति हत्याको अभियोगमा जोडिएका सापकोटाको पक्षमा निर्णय गरेको भन्दै उनले ०६९ मंसिर ७ गते सर्वोच्च अदालत गएकी थिईन् ।
लामाले दायर गरेको मुद्दा पेसी चढेको यो ४२औं पटक हो ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा पेसीमा छ ।
०६२ वैशाखमा काभ्रेका अर्जुन लामाको माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेका थिए ।