झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन, थारूविद्रोह चाहिँ अपराधीकरणः पुर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं, पुर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायत नेपालको सम्भवतस् सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनस् दोषी ठहर गर्नु अत्यन्त दुस्खद भएको टिप्पणी गरेका छन् ।

झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन भएको वेला थारूविद्रोहको चाहिँ अपराधीकरण हुनु विडम्बनापूर्ण र खेदजनक भएको उनले मध्यरातमा सामाजिक संजालमार्फत प्रतिक्रिया दिएका छन् ।

उत्पीडित थारू जातिको पहिचान र अधिकारको लडाइॅ एकदिन अवश्य विजयी हुने उनको भनाइ छ ।