नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु
प्रकासित मिति : २०७७ पुस २, बिहीबार १६:३४
प्रकासित समय : १६:३४
काठमाडौँ, नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ७६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।