नेपालमा थप ७ सय ७६ जनामा कोरोना पुष्टि

कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२

काठमाडौँ, नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ७६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४० हजार ३६३ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।