अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा बस्दै
वासिङ्टन, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लागेको छन् । कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उनलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उनी क्वारेन्टाइनमा बस्न लागेको जनाईएको छ ।
उनी कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बस्ने भएको बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– ‘विदेशमन्त्री पोम्पेओ कोही कोभिड १९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुहुनेछ र ती संक्रमित व्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारका कारण भनिएको छैन ।
उनको तत्काल गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले उनी क्वारेन्टाइनमा बस्नुपर्ने भएको पनि सो विज्ञप्तिमा जनाइएको छ । उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।