मन्त्रिपरिषद् बैठक साँझ ६ बजे बस्दै
प्रकासित मिति : २०७७ पुस २, बिहीबार १३:४६
प्रकासित समय : १३:४६
काठमाडौँ, आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाएको स्रोतले जनाएको छ ।
आजको बैठक नियमित भएको र सरकारले हालै ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने भएको छ ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन०अध्यादेश, २०७७ जारी गरेपछि नेकपाको आन्तरिक विवाद चुलिएको थियो ।
तर, बुधबार दिउँसो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि स्थायी कमिटी बैठकमा सहभागी भएका प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएका थिए ।

