नेता चौलागाईको पहलमा ३९० घर परिबारलाई बाँडियो, सुधारीएको चुलो
प्रकासित मिति : २०७७ पुस १, बुधबार २१:३८
प्रकासित समय : २१:३८
कालिकोट, नेकपा कालिकोटका युवा नेता शिखर चौलागाईंको पहलमा ३ सय ९० घरपरिवारलाई सुधारीएको चुलो बितरण गरिएको छ । शुभकालिका गाउँपालिकामा ३ सय ९० घर दलित जनजातीलाई नि शुल्क सुधारिएको फलामे चुलो बितरण गरिएको हो ।
बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सहयोग र नेता चौलागाईको पहलमा लक्षित समुदायलाई बायो उर्जा कार्यक्रम अन्तरगत चुलो बितरण गरिएको नेता चौलागाईले जानकारी दिए । शुभकालिका गाउँपालिकाका करिब ३ सय ९० घर परिवारलाई दुई मुखे सुधारिएको धुवाँ रहित फलामे चुलो जडान गरिएको हो।