नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु
प्रकासित मिति : २०७७ पुस १, बुधबार १७:०१
प्रकासित समय : १७:०१
काठमाडौँ, नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।
नेपालमा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ३६ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।